७ बैशाख २०८१, शुक्रबार
Follow Us

भोलि सार्वजनिक बिदा

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७६, मंगलवार १६:४०

काठमाडौँ– मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले मंगलबार साँझ सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
गृहले सूचनामार्फत भनेको छ, ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘ईदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले भोलि सार्वजनिक बिदा हुनेछ।’
मुस्लिम समूदायले बिदा दिन माग गरेअनुसार सरकारले यो निर्णय गरेको हो ।