८ बैशाख २०८१, शनिबार
Follow Us

सेफ एसोसियन युकेको बैठक सम्पन्न, संरक्षकमा कृष्ण तिमल्सिना

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७६, मंगलवार १६:२२

लण्डन । सेफ एसोसियन युकेको बैठक सोमवार सम्पन्न भएको छ । कन्फ्रेन्सकल मार्फत आयोजित बैठकले संस्थाको प्रमुख संरक्षकमा निर्वमान अध्यक्ष कृष्ण तिमल्सिनालाई चयन गरेको महासचिव भुपेन्द्र पाठकले जनाए । बैठकले गत महिना संस्थाद्धारा आयोजित च्यारिटी कार्यक्रमको लागि सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले सेफहरुलाई सँस्थामा थप आबद्धता गर्न सदस्यता खुल्ला गर्ने निर्णय गर्दै क्षेत्रीय संयोजक चयन गरेको छ ।

पाठकका अनुसार एसोसियसनको सल्लाहकार समितिको चयन अर्को बैठकले गर्ने भएको छ । बैठक अध्यक्ष दधी आचार्यको अध्यक्षतामा बसेको थियो ।