१२ बैशाख २०८१, बुधबार
Follow Us

एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

sarusaru
२२ जेष्ठ २०७६, बुधबार १२:१०

बागलुङ – गर्भावस्था र सुत्केरी अवस्थामा पोषण, खोप तथा स्वास्थ समस्याको बिषयमा जानकारी गराउन सुनौला हजार दिनका आमाहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम बानपा–१ रामरेखामा सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा नेपाल गाजा डेभल्भमेन्ट फाउन्डेसन बागलुङ मार्फत सञ्चालित सुआहारा कार्यक्रमको प्रविधिक सहयोगमा अभिमुखीकरण कार्यक्रम गरीएको हो । कार्यक्रममा गर्भवती भएर १ हजार दिन पुगेका वडा भित्रका ४० जना महिलाहरुलाको सहभागिता रहेको थियो ।

उनिहरुलाई खोप, आमाको स्वास्थ्य र पोषणको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि डिल्लि प्रसाद आचार्य, महिला स्वास्थ्य स्वयमसेवीका दुर्गा देवी शर्मा र बागलुङ नगरपालिका कार्यपालिका सदस्य लक्ष्मी बोहरा लगायतले बोलेका थिए । बानपा–१ का कार्यवाहक अध्यक्ष लाल बहादुर के.सीको अध्यक्षता, वडा सदस्य शान्त देवि शर्माको स्वागत र सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर रेशम नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधि श्री दिल्लि प्रसाद आचार्य, सोमराज पाण्डे र सुआहारा कार्यक्रमका संयोज विश्वनाथ आचार्यले गरेका थिए ।
जनमञ्च