११ बैशाख २०८१, मंगलवार
Follow Us

विश्व वातावरण दिवसमा ओलम्पिया स्कुलले विद्यार्थीहरुलाई यसरी सहभागि गरायो (फोटोफिचरसहित)

sarusaru
२२ जेष्ठ २०७६, बुधबार १३:०१

काठमाण्डौ – काठमाण्डौमा औँलामा गनिने स्कुलमध्येको एक हो –ओलम्पिया वल्र्ड स्कुल । हरेक वर्षझैँ यसपाली पनि उक्त स्कुलले भव्यताका साथ विश्व वातावरण दिवस मनाएको छ । दिवसका अवसरमा स्कुलले सरसफाइ ¥याली , बृक्षारोपण तथा सचेतनामूलक नाटक प्रदर्शन गरेको थियो । नेचर क्लबको नेतृत्वमा भएको उक्त कार्यक्रम लगभग ४–५ घण्टामा सम्पन्न भएको थियो । विद्यार्थीहरुलाई विशेष जोड दिएर आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयका प्र.अ. ,शिक्षक तथा अन्य व्यक्तिहरुसमेत सहभागी भएका थिए । उक्त कार्यक्रमको संयोजकत्व नेचर क्लबका शिक्षक द्वय शोभन भण्डारी तथा नसला प्रजापतिले गरेका थिए । कार्यक्रमा बोल्दै शिक्षक शोभनले यस्ता कार्यक्रमले विद्याथीलाई सक्रिय बनाउनुका साथै समाजमा सही सन्देशसमेत फैलाउने कुरामा विश्वस्त रहेको बताए ।