१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ठमेल पर्यटन परिषदमा बद्री प्रसाद तिमल्सिना किन ?

नेपालब्रिटेन डट कम्
२२ जेष्ठ २०७६, बुधबार १७:०७

ठमेल पर्यटन परिषद्मा अर्जुनलाल प्रधान समूहबाट बद्री प्रसाद तिमल्सिनाले सचिव पदमा उम्मेदवारी दिएका छन् ।
पञ्चकन्या पश्मिना हाउसका सञ्चालक उनी २० वर्षदेखि ठमेलमा सक्रिय छन् ।

विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रही नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका उनले आफ्नो व्यवसायको दौरानमा दर्जनौं राष्ट्रको भ्रमण गरी अन्तरराष्ट्रिय क्षेत्रमा नेपाली मौलिक पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका निर्वाह गरेका छन् ।
ठमेल क्षेत्रको पर्यटन व्यवसायको प्रवर्द्धनमा निरन्तर क्रियाशील रही सामाजिक हितमा अग्रणी भूमिका निर्वाह गरेका उनी आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् ।
प्रधान नेतृत्वको समूहले ठमेललाई ठमेल जस्तो बनाउन एक दर्जन बढी विषय समेटिएको प्रतिबद्धतापत्र समेत सार्वजनिक गरिसकेको छ ।
परिषद्को नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २५ गते निर्वाचन हुँदैछ ।