१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल प्रहरीद्वारा २१ हजार ३ सय १४ विरूवा वृक्षारोपण

नेपालब्रिटेन डट कम्
२२ जेष्ठ २०७६, बुधबार १७:१२

काठमाडौं-विश्वस वातावरण दिवस २०७६ को अवसरमा नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा बुधबार विभिन्न जातका ग‌री जम्मा २१ हजार ३ सय १४ वटा विरूवा वृक्षारोपण गरेको छ ।

‘स्वच्छ वायु, स्वस्थ्य जीवन’ भन्ने मूल नाराकासाथ समुदाय-प्रहरी साझेदारी कार्यक्रम तथा एक नागरिक एक बिरुवा रोपण अभियान अन्तर्गत वृक्षारोपणको साथै सरसफाई र सचेतनामुलक र्यारली लगायतका कार्यक्रम गरिएको हो ।

सो क्रममा प्रहरी कार्यालयका परिसर भित्र र बाहिर समेतमा कपुर, तेजपत्ता, निबुवा, नासपती, अम्बा, लिची, आँप लगायत विभिन्न जातका गरी उक्त संख्यामा फलफूल लगायत अन्य बिरुवाहरूको वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण लगायतका कार्यक्रम गरिएका प्रहरी कार्यालयहरूमा प्रहरी प्रधान कार्यालय लगायत मातहत कार्यालयहरू रहेका छन् ।