७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओली पछि सीके राउतले अक्सफोर्ड विश्वविद्यालयमा प्रवचन दिने

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७६, शुक्रबार ०९:१०

लन्डन । वेलायतको भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जुन १० को साँझ विश्वकै प्रख्यात अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधनतय भए लगत्तै जनमत पार्टीका संयोजक सीक राउत समेत वेलायत आउने भएका छन् ।

श्रोतका अनुसार मानब अधिकार सम्बन्धि एक कार्यक्रममा सहभागी हुन भियना आउने राउतले पनि अक्सफोर्ड विश्वविद्यालयमा मानब अधिकार सम्बन्धि कार्यक्रममा प्रमुख बक्ताको रुपमा सहभागी हुनेछन ।

राउत बेलायतस्थित मधेशी समुदायले आयोजना गर्ने एक सम्मान र एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् । उनी ११ जुनमा भियाना आइपुगेर युरोपका विभिन्न देशमा आयोजना हुने कार्यक्रममा सहभागी हुन लागेका हुन् ।