१२ बैशाख २०८१, बुधबार
Follow Us

ऊर्जा सम्मेलनका लागि प्रमलाई युएइबाट निम्तो

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७३, बिहीबार १२:५९

काठमाडौं । यूएईले सन् २०१७ जनवरी १६ मा युएईमा त्यहाँ हुने ‘वल्र्ड फ्युचर इनर्जी समिट’मा उपस्थित हुन प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गरेको छ । नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीले सो सम्मेलनबाट नेपालले लाभ लिनसक्ने भन्दै प्रधानमन्त्री दाहाललाई आज सिंहदरवारमा भेटी निमन्त्रणा हस्तान्तरण गरेका हुन् । प्रतिउत्तरमा प्रधानमन्त्री दाहालले सम्मेलनमा सहभागी हुन ईच्छुक रहेको जनाएका थिए । त्यसबाहेक प्रधानमन्त्री र राजदूत नक्वीबीच नेपाल–युएईबीचको सम्बन्ध तथा द्वीपक्षीय चासो र हितका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले युएईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाएका दार्चुलाका अमर बमलाई आममाफीको व्यवस्था गर्न राजदूत नक्वीको ध्यानाकर्षण गराएका थिए ।