१३ बैशाख २०८१, बिहीबार
Follow Us

उपत्यकामा आइतबार सार्वजनिक बिदा

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७६, शुक्रबार १६:२८

काठमाडौँ–सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।