१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेकपालाई दलाल भन्दै ललितपुरका नेता काँग्रेसमा प्रवेश

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७६, शुक्रबार १७:३१

ललितपुर– नेकपा ललितपुरका नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
काँग्रेसको राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गत शुक्रबार भएको सभामा जिल्ला नेता रामकृष्ण हुमागाँई काँग्रेस प्रवेश गरेका हुन् ।
हुमागाँईलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नेता हुमागाँईले सत्तासीन नेकपा लालबाट दलाल भएको आरोप लगाए ।

सो अवसरमा देउवाले पार्टीका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गरे ।