१५ बैशाख २०८१, शनिबार
Follow Us

स्थलमार्गबाट भारत गएका नेपालीलाई हवाईमार्गबाट फर्कन रोक

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७६, शनिबार ०३:१५

नयाँदिल्ली – तिर्थाटन, व्यापारलगायतका प्रयोजनका लागि भारत आएर शुक्रवार स्वदेश फर्कँदै गरेका केही नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अफलोड’ (उडन रोक) गरिएको छ ।

एक जना नेपाल वायु सेवा निगम र १० जना भुटान एअरमा गरी काठमाडौं जान लागेका ११ जना नेपालीलाई अध्यागमन अधिकारीहरूले अन्तिम समयमा उडन रोक लगाएका हुन् ।

त्यसरी अफलोड भएकामध्ये सम्पर्कमा आएकाहरुले आफूहरुलाई भारतीय अधिकारीहरुले बस वा ट्रेनबाट आएकाहरु स्वदेश फर्कँदा पनि त्यसैगरी फर्कनुपर्ने भन्दै उडन नदिइएको बताए । ‘तिमीहरु जुन बाटो आएको हो, त्यही बाटो फर्कनुपर्ने नियम छ,’ भारतीय अधिकारीलाई उद्धृत गर्दै एक नेपाली यात्रुले भने । बिना पूर्व सूचना भारतीय पक्षबाट लगाइएको अघोषित नियमका कारण नेपालीहरूले सास्ती खेप्नु परेको छ । कान्तिपुरमा खबर छ ।