May 29, 2020
2:10 AM | 6:55 AM

स्वारेजको गोलमा उरुग्वेको जित

  8th June 2019 मा प्रकाशित

एजेन्सी । कोपा अमेरिका कपको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा उरुग्वेले पानामालाई ३–० गोलले पराजित गरेको छ । शनिबार बिहान भएको एकपक्षीय खेलमा उरुग्वेको जितमा म्याक्सिमिलियानो गोमेजले १९औं मिनेटमा खाता खोले । लुईस स्वारेजले ६९औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै उरुग्वेका अग्रता दोब्बर बनाए । फेडरिको भाल्भार्डेले ७९आंै मिनेटमा गोल गर्दै उरुग्वेलाई सजिलै जिताएका थिए । कोपा अमेरिकाका उरुग्वले जुन १६ मा इक्वेडरसँग पहिलो खेल खेल्नेछ ।

प्रतिक्रिया