१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रिय टोलीमा चम्किए मेस्सी

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७६, शनिबार ११:४९

एजेन्सी।

लियोनल मेस्सीले दुई गोल गरेको खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५–१ गोलले हराएको छ । कोपा अमेरिकाको तयारीका लागि शनिबार बिहान खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई जिताउन मेस्सीले ३७औं र ३८औं मिनेटमा गोल गरेका थिए । लउटारो मार्टिनेजले ६३औं र ७३औं मिनेटमा दुई गोल गरे । रोवर्टो परेयराले ८१औं मिनेटमा एक गोल थपेका थिए । निकारागुआका लागि जुआन बरेराले ९०औं मिनेटमा पेनाल्टी मार्फत एक गोल फर्काएका थिए । कोपा अमेरिकामा अर्जेन्टिना समूह बी मा परेको छ । यस समूहमा कोलम्बिया, पराग्वे र कतार छन् । अर्जेन्टिनाले जुन १५ तारिख कोलम्बियासँग पहिलो खेल खेल्नेछ ।