१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नरेन्द्र मोदीको पहिलो विदेश यात्रा माल्दिभ्स

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७६, शनिबार १२:२२

लगातार दोस्रो पटक आम चुनाव जितेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो आधिकारिक विदेश यात्राको लागि माल्दिभ्सलाई चुनेका छन्।
नरेन्द्र मोदीले आफ्नो दोस्रो शपथ ग्रहण समारोहमा अघिल्लो पटकमा बोलाइएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क) राष्ट्रका नेतालाईलाई नभएर बिमस्टेक समूहको नेतालाई बोलाए । यसमा थाइल्याण्ड र म्यानमार समेत समावेश छ । तर माल्दिभ्स त्यसमा थिएन ।
भारतीय विदेश नीति–निर्माताको मनमा कहिँ कतै माल्दीभ्स यसबाट असन्तुष्ट छ कि भन्ने परेको हुन सक्छ ।
माल्दिभ्सको दक्षिण एशिया र अरब सागरमा जो सामरिक स्थान छन्, ती भारतका लागि पहिलेभन्दा बढी महत्वपूर्ण छ ।
माल्दिभ्सका लागि भारतीय राजदूत संजय सुधिर पनि यसमा सहमती व्यक्त गर्छन् ।
उनले यसबारे भने ,‘माल्दिभ्स भारतको ‘छिमेकी पहिले’ नीतिको ठूलो हिस्सा हो । मध्य–पूर्वबाट जति पनि ग्यास र तेल भारत जान्छ, यहीको नजिक ‘ए डिग्री च्यानल’ हुँदै जान्छ । यस कुराले पनि भारतको लागि यो क्षेत्रमा शान्ति र स्थायित्व हुनु अत्यन्त आवश्यक हुन्छ । त्यसको साथ साथै भारत माल्दिभ्सलाई एक भरोसायोग्य विकास सहयात्री पनि ठान्छ ।’
भारतीय विदेश सचिव विजय गोखलेले यस भ्रमणबारे भनेका थिए,‘प्रधानमन्त्रीको यात्राको दौरान विकास र सुरक्षासम्बन्धी केही महत्वपूर्ण सम्झौता हुनेछ । ’
चीन फ्याक्टर
माल्दिभ्स मोदीको दोस्रो कार्यकालको सपथ पछि भ्रमण हुने पहिलो राष्ट्र चुनिनुमा चीन पनि कारण छ ।
चीनले पछिल्लो एक दशकमा हिन्द महासागरमा आफ्नो वर्चश्व तीव्र रुपमा बढाउँदै लगेको छ । यस कडिको पहिलो हिस्सा श्रीलंकालाई बताइन्छ भने त्यसपछिका उसको ध्यान माल्दिभ्समाथि रहेको छ ।
व्यापार, आर्थिक सहयोग र पूर्वाधार योजनामार्फत चीन यी देशमा पनि तीव्र गतिमा आफ्नो पडक जमाउने केही हदसम्म सफल पनि भएको छ ।
तर माल्दिभ्समा चीनको तुलनामा भारतलाई अतिरिक्त सहजता छ । भारत र माल्दिभ्स भौगोलिक रुपमा मात्र नजिक होइनन्, सांस्कृतिक र साना व्यापारले पनि जोडेको देश हो ।
तर माल्दिभ्समा भारतको प्रभाव केही वर्षको लागि थोरै सुस्त परेको थियो ।
सन् २०१३ देखि सन् २०१८ बीच माल्दिभ्सको अब्लुल्ला यामिन सरकारले कयैन यस्ता कदम उठायो जुन भारतलाई राम्रो लागेन । यसमा प्रमुख थियो चीनसँगको निकटता ।
माल्दिभ्समा भारतका पूर्व राजदूत गुरजीत सिंह पनि यसबारे भन्छन् ,‘यदी सम्पूर्ण सार्क देशको कुरा गर्ने हो भने पछिल्लो केही वर्ष भारतको सम्बन्ध पाकिस्तानपछि माल्दिभ्ससँग सबैभन्दा खराब भएको थियो । यस कारणले मोदीको अहिलेको भ्रमण एकदम सही समयमा भइरहेको छ ।’