१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एमबीबीएस चौथो वर्षमा अध्ययनरत खनालको शव भेटियो

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७६, शनिबार १२:२६

एमबीबीएस चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव भेटिएको छ । उनी गत जेठ १७ गतेदेखि वेपत्ता भएका थिए ।

शिशिरको शव कीर्तिपुरस्थित पुष्पलाल चोक नजिकै भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएको थियो ।