१४ बैशाख २०८१, शुक्रबार
Follow Us

क्षेत्री समाज युकेको भेलामा घन्कियो पानको पात टपरी (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७६, शनिबार १९:२६

लण्डन। क्षेत्री समाज युकेको वार्षिक भेटघाट कार्यक्रम लण्डनस्थित फेलथाममा भव्यताका साथ सम्पन्न भएको छ ।
शनिबार समाजका अध्यक्ष राजन कुमार क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी रहेका थिए ।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रमको समुद्घाटन राजदूत सुवेदी, संस्था संरक्षक ध्रुब केसी, अध्यक्ष राजन कुमार क्षेत्रीले संयुक्त रुपमा गरेका थिए ।

त्यसपछि दीपक थापाको स्वागत मन्तब्यपछि श्रेया कुँवरले स्वागत गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा नायिका तथा जान्वी फाउन्डेसनकी अध्यक्ष जान्वी बोहरा, एनआरएनका केन्द्रीय सदस्य रामशरण सिम्खडा, राजदूत सुवेदीलगायतले आफ्नो मन्तब्य राखेका थिए भने विभिन्न कलाकारले आफ्नो सांगितिक प्रस्तुती पनि दिएका थिए ।

कार्यक्रममा राजदूत सुवेदीसहित एनआरएन केन्द्रीय सदस्य सिम्खडा, एनआरएन उपाध्यक्ष कूल आचार्य, यती एसोसियसन युकेका अध्यक्ष ध्रुव केसी, गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योग कुमार फगामी, जान्वी फाउन्डेसनकी अध्यक्ष जान्वी बोहरा, एनआरएन नेता कृष्ण तिमल्सिना लगायतका विभिन्न पेशा र क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानिय कलाकारहरु दीपक थापा, श्रेया कुंवर, अदिती अधिकारी, अमिस खड्का, सुस्मिता थापा लगायतले आआफ्नो प्रस्तुती दिए । यस्तै पानको पात टपरीका चर्चित गायक कुलेन्द्र बिकले बेजोड प्रस्तुती दिए । कार्यक्रम संचालन संस्था महासचिव कुमार केसीले गरेका थिए ।