१३ बैशाख २०८१, बिहीबार
Follow Us

बालविवाह हुने शीर्ष १० मुुलुकमा नेपाल

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७६, आईतवार ०३:२४

काठमाडौं-बालविवाह हुने मुलुकमध्ये नेपाल विश्वका उच्च १० सूचीमा सूचीकृत भएको छ ।

विश्वका विभिन्न ८२ मुलुकको अध्ययन गर्दा नेपाल बालविवाह हुने शीर्ष १० मा परेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले जनाएको छ ।

२० देखि २४ वर्षका नेपाली पुरुषमध्ये एक जनाको बाल्यावस्थामै विवाह हुने गरेको युनिसेफको पछिल्लो अध्ययनले देखाएको छ । दक्षिण एसियासहित अफ्रिकाको उप–सहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा उमेर नपुग्दै बालविवाह हुने गरेको छ ।

तथ्यांकअनुसार मध्यअफ्रिकी गणतन्त्रमा सबैभन्दा धेरै २८ प्रतिशत बालविवाह भएको छ भने निकाराग्वामा १९ प्रतिशत र मदगास्करमा १३ प्रतिशत बालकको उमेर अगावै विवाह हुने गरेको छ ।नेपाल समाचारपत्र दैनिकमा खबर छ ।