१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बालबालिकालाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा माया गरेको ठहरिने छ–राजदुत कार्की

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७६, आईतवार ०६:१५

अमेरीका । अमेरीकाकोलागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्किले संखुवासभा कम्यूनिटी अफ यूएसएको चौथो अधिवेसन उद्घाटन गर्दै प्रवासमा बसोबासगर्ने नेपालीले बाल बालिकाहरुलाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा मायागर्ने ठहरिने बताएका छन् ।
संखुवासभा जिल्लाबाट अमेरीकाको बिभिन्न स्टेडमा बसोबास गर्ने नेपालीहरुको संस्था संखुवासभा कम्यूनिटी अफ यूएसएको चौथो अधिवेशन उद्घाटन भाषणको क्रममा उनले प्रवासमा बस्ने नेपालीलाई नेपालको ज्यादैमाया लाग्छ । खाई नखाई दुख गरेर बचाएर नेपाल पठाएको पैसा नै अहिले नेपालको मुख्य आम्दानी श्रोत बनेको छ । तर दोश्रो पुस्तालाई हाम्रो भाषा, संस्कार र संस्कृती सबै नसिकाउने हो भने उनीहरुले नेपाल बिर्सने छन् । त्यसैले बाल बालिकाहरुलाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा मायागर्ने ठहरिने बताएका हुन् । उनले कार्यक्रमलाई सम्बोधनको क्रममा अमेरीकामा बसेर नेपालको राजनिती गर्नु भन्दा अमेरिकामा राजनिती गरि निती निर्माण तहमा पुग्न सके त्यसबाट नेपालले धेरै फाईदा लिन सक्ने र आफुले त्यो हेर्न चाहेको बताएका छन् ।
संखुवासभा कम्यूनिटी अफ यूएसएका अध्यक्ष शान्ति श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालको झल्को दिनेगरी प्रमुख अतिथी र बिशेष अतिथीहरुलाई पञ्चकन्याद्धारा फुलमालाले स्वागत गरेको थियो । नेपालको राष्ट्रियगान र अमेरिकाको राष्ट्रियगान गाएर सुरुगरिएको कार्यक्रमको राजदुत कार्किले पानसमा बत्तीबालेर उद्धाटन गरेका थिए ।
कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । बिशेष अतिथीको आसनबाट हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ, लायन्स ६ नर्थ ईष्टका गभर्नर सिसायल गीलले सुभकामना मन्तब्य दिएका थिए । त्यस्तै सबै संघ संस्थाका तर्फबाट जनसंम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठले सुभकामना मन्तब्य दिएका थिए ।
त्यसैगरी लङमन्ट हिमालयज् लायन्स क्लवका पूर्व अध्यक्ष एबं ६ नर्थ ईष्टका ईन्भारमेन्टल चेयर प्रमोद श्रेष्ठले संखुवासभाको खादबारीमा निर्माणधिन ब्लड बैकको सहयोगार्थ लङमन्ट हिमालयज् लायन्स क्लवले अगाडि बढाएको कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा महासचिव हरिकुमार श्रेष्ठले उपस्थित सबैलाई शुभकामना मन्तब्य संगै संस्थाको प्रगती बिवरण प्रस्तुत गरेका थिए ।
यसैगरी सोही समारोहमा संखुवासभामा जन्मेर लामो समय देखी अमेरिकामा बसोबास गर्दै आएका हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठलाई नेपाल लगायत बिश्वका धेरै मुलुकहरुमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अमुल्य योगदान गरेको भन्दै सम्मान पत्र प्रदानगरि सम्मान गरिएको थियो भने, कृष्णमुरारी ढु¨ेलले उनको ब्याक्तित्व परिचय गराएका थिए । त्यस्तै संस्थालाई सहयोग गर्ने मनिशा श्रेष्ठ र ओङ भोटियालाई प्रमाण पत्र प्रदान गरिएको थियो । मनिशा श्रेष्ठ र शरद श्रेष्ठले संचालन गरेको कार्यक्रमको अन्त्यमा अध्यक्ष शान्ति श्रेष्ठले कार्यक्रममा उपस्थित प्रमुख अतिथी अतिथी लगाएत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिईन् ।
कार्यक्रमको दोश्रो चरण बन्दसत्रमा आर्थिक प्रतिवेदन लगाएत भावी कार्ययोजनको बारेमा गहन छलफल पश्चात मार्गदर्शन गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

उद्धाटनसत्र पछि सम्पन्न बन्दसत्रले पुःन शान्ति श्रेष्ठको अध्यक्षतामा ३१ सदस्सिय नया कार्य समिती निर्विरोध चयन गरेको छ । यसरी निर्बिरोध चयन हुनेहरुमा बरिष्ठ उपाध्यक्ष, पवन बराकोटी खनाल, उपाध्यक्षहरुमा मनिषा श्रेष्ठ, बेदनिधि दाहाल, मुकेश श्रेष्ठ, बिनोद गौली, महासचिव हरिकुमार श्रेष्ठ, सचिव पदमराज तमाङ र कोषाध्यक्ष नोयनाथ पोख्रेल रहेका छन् ।
त्यसैगरी अन्य पदाधिकारीहरुमा बिष्णु पौडेल सितल पब्लिक रिलेसन अफिसर, प्रमोद श्रेष्ठ प्लानिङ अफिसर, शरद श्रेष्ठ ईभेन्ट अफिसर, अनिमेष श्रेष्ठ टेक्निकल अफिसर रहेका छन् । यसैगरी कार्यसमितीका बोर्डअफ डिरेक्टरहरुमा चेतमान श्रेष्ठ, डिएन श्रेष्ठ, नेत्र पोख्रेल, किरण शोभा कार्कि, पदम थापा, रिपेन्द्र कार्कि, गणेश श्रेष्ठ, उत्तम श्रेष्ठ, कृष्णराज गीरी, सन्तोष काले, मिना माष्के, बिक्रम श्रेष्ठ रहेका छन् । बांकी छ जना अध्यक्षले मोनोनित गर्ने महासचिव हरिकुमार श्रेष्ठले बताएका छन् । कार्यक्रमको अन्त्यमा अध्यक्ष शान्ति श्रेष्ठले कार्यक्रममा उपस्थितहुने र कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग पु-याउने सबैलाई धन्यवाद दिएकी थिईन् ।