१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७६, आईतवार ०८:५१

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आफ्ना सदस्यहरुलाई ‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भुवन भट्टले आईतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सो कार्ड वितरण कार्यको शुभारम्भ गरेका हुन् । एनआरएनएमा आवद्ध सदस्य तथा उनीसँग सम्बन्धित नागरिकहरुलाई विपद् परेका बेला आर्थिक सहायता उपलब्ध गराउन सो कार्ड वितरण कार्यको पनि सुरुवात गरिएको अध्यक्ष भट्टले जानकारी दिए ।
सो कार्डको वितरणबाट एनआरएनएहरुलाई होटल, ट्राभल ऐजेन्सीलगायतका सेवा प्रदायक संस्थाहरुबाट सहुलियतको व्यवस्था पनि गर्न लागिएको एनआरएनले जनाएको छ । दुई वर्षसम्म नविकरण गर्न नपर्ने सो कार्डका लागि १ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । यसरी जम्मा भएको सबै रकम विपद् व्यवस्थापनको क्षेत्रमा खर्च हुने पनि अध्यक्ष भट्टले बताए ।

हाल एनआरएनएमा करिब ७० हजार सदस्यहरु आवद्ध रहेका छन । उनीहरुलाई सो कार्ड वितरण गर्दा जम्मा हुने रकम विपद् व्यवस्थापनका लागि तत्काल उपयोगमा ल्याउन सहज हुने पनि जानकारी दिइएको छ ।