१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेहा कक्करको कन्सर्ट आयोजक पक्राउ

sarusaru
२६ जेष्ठ २०७६, आईतवार १२:१८

काठमाडौं । काठमाडौंमा गत शनिबार भएको बलिउड गायिका नेहा क्ककरको कन्सर्टका आयोजक पक्राउ परेका छन् ।

नेहा कक्करको कन्सर्ट गरिएको ठमेलस्थित लर्ड अफ ड्रिंग्स क्लबमा हल क्षमताभन्दा बढी टिकट बिक्री गरेको उजुरीका आधारमा इभेन्ट आयोजक दीपक घिमिरे पक्राउ परेको प्रहरीले जनाएको छ ।

अतिथि गायिकाको सुरक्षा समेत ख्याल नगरी अत्यधिक टिकट बिक्री गरेपछि घिमिरेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नेहाको कन्सर्ट भएको क्लबको सबै स्थानमा मान्छेको ठूलो घुइँचो रहेको थियो । टिकट काटेका ठूलो संख्यामा दर्शकहरु कन्सर्ट हेर्न नपाएर फर्किएका थिए । उनीहरुको उजुरीका आधारमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका घिमिरेले कन्सर्ट हेर्न नपाएका दर्शकको पैसा फिर्ता गरिदिने बताएको प्रहरीले जनाएको छ ।
डिसी नेपाल