१३ बैशाख २०८१, बिहीबार
Follow Us

हिन्दुराष्ट्र बचाउन राप्रपाको रथयात्रा बागलुङमा

sarusaru
२६ जेष्ठ २०७६, आईतवार १२:२५

बागलुङ – राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र समानत धर्म बचाउने भन्दै मुस्ताङ देखि थालेको रथयात्रा शनिवार बागलुङमा आईपुगेको छ । रथयात्रा पछि आयोजित आमसभामा बोल्दै राप्रपाका अध्यक्ष कमल थापाले देशमा लोकतन्त्र र गणतन्त्रको वकालत गर्नेबाटै बिखण्डन र बर्बादीको संकेत देखएिको बताएका छन् । गणतन्त्रको घोषणापछिको १३ बर्षमा नेपालले भ्रष्टाचार, गरिवी, बेरोजगारी, धर्ममाथीको आक्रमण र बिखण्डनको खतरा व्यहोर्नु परेको बताए । साथै उनले बिद्रोहको पुर्नउत्थान समेत भैसकेको बताए । बर्षेनी ४ लाख ४५ हजार युवा बिदेशिएको सरकारी तथ्यांकले देखाएको भन्दै लोकतन्त्र र गणतन्त्रको वकालतले जनता झन पिडित भएको टिप्पणी गरे ।

आफ्नो पार्टीले कसैलाई गाली गर्न र सरकार बिरोधी अभियान चलाउन नभई जनतालाई जागरण गराएर सनातन धर्म बचाउने अभियानमा हिडेको पनि बताए । ‘मैले भोट माग्न खोजेको होइन, म देश र संस्कृति बचाउन भनेर हिडेको हु“’ उनले भने, ‘जनताले चाहना राखे भने भोली हामी हिन्दु राष्ट्र घोषणा गरेर सरकारमा पनि जानेछौं ।’ लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चिएको उनको दावी थियो । वाइटवडी जहाज खरिद प्रकरण, एनसेलको करछली, सुन तस्करी, वालुवाटारको भूमाफिया काण्डमा सरकार र प्रतिपक्ष मौन रहनुमा रहस्य रहेको भन्दै उनले दलहरुको नियत माथी खोट भएको आरोप पनि लगाए । धर्म र संस्कृति माथि आक्रमण बढ्दा सत्ता र प्रमुख प्रतिपक्ष टुलुटुलु हेरेर बसेको उनले आरोप लगाए ।

ईशाईकरण मार्फत नेपालको सनातन धर्म खरिद बिक्री भएको उनको आरोप छ । सिके राउतलाई राजनीतिको मुल धारमा ल्याउने बहानामा सरकार समेत बिखण्डनालाई संस्थागत गर्न लागेको र लोकतन्त्रको आवरणमा सर्वसत्तावाद लाद्ने काम शुरु भएको उनले टिप्पणी पनि गरे । राप्रपाका जिल्ला अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षता, सचिव बिष्णु सापकोटाको संचालन र उपाध्यक्ष देवीप्रसाद न्युरेको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री बुद्धिमान तामाङ, महामन्त्री बिन्दु पहाडी, युवक संगठनका अध्यक्ष प्रकाश हमाल लगायतले बोलेका थिए । जागरण अभियान अझै केही दिन चल्नेछ ।
जनमञ्च