७ बैशाख २०८१, शुक्रबार
Follow Us

उपचार नपाउँदा नवजात शिशुको मृत्यु

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७६, आईतवार १७:३४

अछाम– उपचार नपाउँदा जिल्लामा एक नवजात शिशुको ज्यान गएको छ । कमलबजार नगरपालिका–७ सेराका नन्दकला भाटको नवजात शिशुको स्वास्थ्य चौकी ढाँकुमा मृत्यु भएको हो ।

सुत्केरी व्यथा लागेकी ३२ वर्षीया नन्दकला आइतबार स्थानीय स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा पुगेकी थिइन् ।
चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउने भनिए पनि यहाँ कार्यरत दुबै अनमी अनुपस्थित रहेका कारण शिशुको ज्यान गएको नन्दकलाका श्रीमान प्रेमप्रसाद भाटले आरोप लगाए ।
नन्दकलाले स्वास्थ्य संस्थामा शिशुलाई जन्म दिएकी थिइन् । लगत्तै शिशुको मृत्यु भएको थियो ।