१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीलाई भेट्ने

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७६, आईतवार २०:४४

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार ह्यारीसंग भेटवार्ता गर्ने भएका छन् ।
नेपाली दूतावास लण्डनका अनुसार प्रधानमन्त्री ओली र ह्यारी बीच मंगलबार केन्सिंटन प्यालेसमा औपचारिक भेट हुने बताएको छ ।

मंगलबार उनले बेलायती प्रधानमन्त्री टेरेसा मेलाई १० डाउनिंग स्ट्रिटमा भेट्ने कार्यक्रम छ । तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली सोमबार लण्डन आइपुग्दैछन् ।