July 5, 2020
8:58 AM | 1:43 PM

नेपाल–रूस सम्बन्धको हीरक जयन्ती र पाँच साहित्यिक परिघटना

  27th October 2016 मा प्रकाशित

नेपाल तथा रूस बीचदौत्य सम्बन्ध स्थापनाको ६०–यौ. वर्षबन्धनको सन्दर्भमा काठमाडौंस्थित रुस विज्ञान तथा संस्कृति केन्द्रमा ३० सेप्टेम्बर २०१६ (शुक्रवार) कादिन रूस–नेपाल साहित्य समाजकाअध्यक्ष, वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वंगको प्रमुख आतिथ्यमा नेपाली तथा रूसी भाषामा प्रकाशित तीनवटा पुस्तकको संयुक्त रूपमा लोकार्पण सुसम्पन्न भयो भने त्यसको ५ दिन पहिले त्यसै स्थानमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती एवः नेपालका लागि रूसी राजदूत आन्द्रेइबुदनिकका साथै रूस–नेपल सहयोगतथामैत्रीसमाजको प्रमण्डलको समुपस्थितिम रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा अनावरण तथा महाकविकै काव्य र कविता संग्रह ‘रुसाल्का’ को पनि विमोचन गरियो ।
नेपाली तथा रूसी भाषामा प्रकाशित तीन पुस्तकको लोकार्पण समारोहको अध्यक्ष मण्डलमा नेपाल–रूस साहित्य समाजका अध्यक्ष तेजेश्वरबाबु ग्वँग, काठमाडौं विश्वविद्यालयका प्राध्यपक डा. जंगब चौहान, नेपाली कवि विष्णुबहादुर सिंह, रूसी कवि भिक्टर जुएभआदिले स्थान ग्रहण गरेका थिए ।
सर्वप्रथम समारोहमा उपस्थित विष्णुबहादुर सिंहको द्विभाषिक कविता सङ्ग्रह ‘कविताको रङ’ को लोकार्पण गरियो । नेपाल र रूसबीच दौत्य सम्बन्ध स्थापनाको हीरक जयन्ती (६०–यौं वर्षबन्धन) प्रति समर्पितयस सङ्ग्रहको ‘मित्रताको गाँठा’ शीर्षकको पहिलो कविताको आरम्भ यसरी गरिएको थियो–
थोपाथोपा सँगालेर
हाम्रो मायाको चिनो
साठीवसन्तपार गर्दै
हिमालयको उचाइजस्तै
भोल्गा नदीको बहावसँगै
व्रmेमलिनका घण्टहरूसँगसँगै
र त
आज एउटा उचाइमा पुगेको छ
हाम्रो मित्रताको मजबुत गाँठो ।

उक्त सङ्ग्रहमा समाविष्ट कविताहरूको रूसी अनुवाद समेत नेपाल र रूसबीच सम्बन्धको द्योतक दन्न पुगेको छ भन्दा अत्युक्ति होवैन । रूसी कवयित्री ताच्याना चे (पूरा थरनाम – चेग्लोभा) तथा कृष्णप्रकाश श्रेष्ठको संयुक्त अनुवादमा १६ वटा कविता यस सङ्ग्रहमा समेटिएका छन् ।
उक्त सङ्ग्रहका लागि ‘विज्ञान र काव्यको सङ्गम’ शीर्षकको भूमिकामा कविको सिर्जनात्मक क्रियाकलापको विषयमा चर्चागरिएको छ ।यहाँनेर चाहिं रूसी कवयित्री ताच्याना चेबाट लिखित प्राक्कथनको अन्तिम अंश उद्धृत गर्न चाहन्छु ः ‘कवि भनकोवास्तवतः वाङ्मयको चित्रकार हो, देशको जीवनशैलीको दपणर््ा होे। मेरो सामु विष्णबुहादुर सिहं आफ्नो जनताको सुखशान्तिका लागि सघंर्षर्शील, स्वतन्त्र चित्रकारका रूपमा देखा परे । यस्ता चित्रकारहरू कुनै पनि किसिमको सामाजिक निर्देशनमा निर्भर रहँदैनन् । उनलाई साहित्यको क्षेत्रमा यस्तो हुरीचराको उपमा दिन सकिन्छ जसले भाषा–वाङ्मयको क्षितीजमा अभतूपूर्व स्वतन्त्रता प्राप्त गरको हुन्छ । कवि विष्णुबहादुर सिंहंले राजनीतिक कविताको यस्तो नमनूा सिर्जना गरको छन् जसको शैली एवं ंमौलिकताद्वारा नै कलात्मक प्रभापुञ्जकोझिल्को झिलिक्क झल्कन्छ । यसैले गर्दा नैदेशका समस्याहरूप्र्िरत जनसमुदायकोध्यान आकष्ृट हनुुका साथैपाठकहरूमा पनि विशेष प्रभाव पर्नजान्छ’ (पृ.९) ।
नेपालका वासिन्दाहरूको आफ्नै मौलिक जीवनपद्धति, रहनसहन, रीतिथिति, परम्परा भएजस्तै उनका पुराकथा र किम्बदन्तीहरू पनि आफ्नै खालका छन् । सारा नेपालीहरूको युगानुयुगको चिन्तनधाराको प्रतिनिधित्व गर्ने कतिपय किम्बदन्तीहरूको आधारमा यसै पंक्तिकारबाट रचित कविताहरूको सङ्ग्रह ‘सृष्टिवर्णन’ को शुभारम्भ‘ब्रह्मा र सरस्वती’ विषयक किम्बदन्तीबाटगरिएको छ । साहित्यानुरागी बन्धु ज्ञानेन्द्रराज अधिकारीको सहयोगबाट प्रकाशमा ल्याइएको यस कवितासङ्ग्रहमाशेर्पा (भ्mयारुङ्खास्यौर ः बौद्ध), पहाडका खश (रारादह),तामाङ (सृष्टिवर्णन र दुप्चेश्वर), राई–लिम्बू अर्थात् किरात (विश्वरचना, वर्षारम्भको चाड, तङ्नाम् ः दीपावली र देउँसिरे, पावारक र मावारक), उपत्यकाका नेवार (इन्द्रविनायक, पिनास, सौगःहिटी र नुगःहिटी तथा खाष्टीबौद्ध), तराईका थारु (दाङ्ग), मैथिली (सामा–चकेवा पर्व रचतरा–गद्दी) लगायत नेपालको विभिन्न क्षेत्रमा बसोवास गरिरहेका प्रमुख जनजातिका १७ वटा किम्बदन्तीहरू समाविष्ट छन् ।जुनसुकै वर्ण र जातिका भए पनि हामी सबै नेपालीहरूको एउटै प्रारब्ध छ भन्ने पनि यहाँ प्रस्तुत किम्बदन्तीबाट ठम्याउन सकिन्छ । उदाहरणस्वरूप यसं सङ्ग्रहमा प्रस्तुत ‘तङ्नाम् (दीपावली र देउँसिरे)’ (पृष्ठ १६) शीर्षकको किराती किम्बदन्तीबाट हामीले वर्षेनी मनाउने गरेको तिहारपर्वमा दीपावली र देउँसुरेको प्रचलन किरातकालदेखि नै प्रचलित थियो भन्ने पुष्टि हुनुका साथै पौराणिक दानवीर वलिराजा र किम्बदन्तीका बलीहाङ एउटै ऐतिहासिक व्यक्ति हुनु पनि सम्भव छ भन्ने प्रतीत हुन्छ ।कोशी, गण्डकी र कर्णालीको निर्मल जलले सिञ्चित हिमाल, पहाड र तराईको पावन त्रिवेणीबाट त्यो साझा नेपालीत्व बनेको छ । यही साझा आस्था र भावनाको प्रतिबिम्ब प्रस्तुत नेपाली किम्बदन्ती सङ्ग्रह ‘सृष्टिवर्णन’ मा परेको छ ।
घतलान्दो कुरा के पनि छ भने कतिपय नेपालीर रूसी किम्बदन्तीहरूको कथानक मिल्दाजुल्दा पाइन्छन् । उदाहरणार्थ काठमाडौं (पशुपतिनाथको मन्दिरको निकटवर्ती) बौद्धनाथको स्तुप र रूसको उत्तरी तथा सांस्कृतिक राजधानी मानिने सेन्टपिटर्सबुर्गबाट १५० किलोमिटर टाढा पश्चिमोत्तर दिशातिर लेनिनग्राद अञ्चलमा रहेको इभानगोरोद–दूर्ग (रूसीमा ‘इभानगोरोदस्काया क्रेपोस्त’) को निर्माणसम्बन्धी सेर्पा तथा रूसी किम्बदन्तीलाई नै लिन सकिन्छ । यस सङ्ग्रहमा परेको ‘रारादह’ को किम्बदन्ती फेवाताल (पोखरा) को उत्पत्तिकथासँग मात्र मिल्दोजुल्दो नभई बाइबलको एउटा कथासँग पनि मिल्दोजुल्दो छ भने मास्कोबाट १४९ किमि टाढा यारोस्लाभ अञ्चलमा अवस्थित ‘प्लिश्येएभो ओजेरो’ सरोवरको पीधमा रहेको ‘सिनेकामेन’ (अर्थात् ‘नीलशिला’) बारे किम्बदन्ती र डडेलधुराको सिउनाथ खोल्साको बडेमानको च्याप्टो ढुङ्गा घट्टको जाँतो बनाउन छिनोले प्वाल पारेर हाटगाउँदेखि तल चम्सालमुन्तिरको खोलाको माझसम्म ल्याएर राखेपछि उठाउनै नसकिएकोले ‘द्यौढुङ्गो’ मानएको कथामा जस्तै रूसको पूर्ववर्ती अल्टाई प्रदेशमा रहेको ‘आर्जानसु’ भनिने झरना र काठमाडौं उपत्यकाको टोखामा रहेको ‘स्वप्नतीर्थ’ बारे किम्बदन्तीका साथै मध्यकालीन मास्कोका एक सिद्धपुरुष भासिली भ्लाजेन्नी र काठमाडौंका तान्त्रिक सुरतबज्रसम्बन्धी किम्बदन्तीको कथानकमापनि समानता र्पाइन्छ ।
रूसी मित्रहरूलाई बीसौ शताब्दीको नेपालको साहित्यिक चिन्तनको परिचय दिने उद्देश्यले नेपालका दिवंगत पत्रकार एवं साहित्यकार उत्तम कुँवरको प्रसिद्ध अन्तर्वार्ता सङ्ग्रह ‘स्रष्टा र साहित्य’ बाटमैले व्यक्तिगत रूपमा चिनेका ११ जना समेत गरी २१ जनास्रष्टासित लिइएका अन्तर्वार्ताहरूको संक्षेपीकृत अनुवाद तथा स्रष्टाहरूको ंसंक्षिप्त जीवनी र फोटोका साथै ताशकन्द (उज्बेकिस्तानको राजधानी) मा सन् १९५८ मा सम्पन्न अफ्रो–एशियाली लेखक सम्मेलनमा हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट नेपाली साहित्यबारे प्रस्तुत कार्यपत्र र उत्तम कुँवरसँग मैले लिएको अन्तर्वार्ता समेत समावेश गरिएको छ । रूसी भाषामा विनयकुमार श्रेष्ठ तथा अञ्जना श्रेष्ठको सहयोगबाट प्रकाशित यस पुस्तकमालेखनाथ पौड्याल, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, धरणीधर कोइराला, केदारमान व्यथित, माधवप्रसाद घिमिरे, भीमनिधि तिवारी, लैनसिंह बाङ्गदेल, गोविन्दबहादुर गोठाले, विजय मल्ल, मोहन कोइराला, कृष्णचन्द्रसिंह प्रधान, श्यामदास वैष्णव, भूपि शेरचन, धर्मराज थापा, शंकर लामिछाने, पारिजात, इन्द्रबहादुर राई, रमेश विकल तथा एम.बी.बी.शाहजस्ता साहित्यिक व्यक्तित्वको जीवनदर्शन र चिन्तनको परिचय पाउन सकिन्छ ।
यस पुस्तक प्रकाशनमा सहयोग पु¥याउने साहित्यानुरागी वन्धु विनयकुमार श्रेष्ठको मन्तव्यमा अंशतः भनिएभैंm ‘रूसी भाषामा ‘स्रष्टा र साहित्य’ शीर्षकमा प्रकाशित यस पुस्तकमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रभृति नेपालका लब्धप्रतिष्ठ २२ जना लेखक–कविहरूको व्यक्तित्व र कृतित्वको परिचय प्रस्तुत गरिएको छ । यो पुस्तकले रसियाली मित्रहरूलाई बीसौँ शताव्दीको नेपाली सहित्य र त्यसका स्रष्टाहरूको चिन्तन बुझ्न निकै मद्दत पुग्नेछ भन्ने आशा राखेको छु’ (पृ. ९) ।
यहाँनेर ६० वर्षबन्धनको सन्दर्भमा रूस–नेपाल सहयोग तथा मैत्री समाजको अग्रसरतामा रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूको समेत सक्रिय सहभागितामा २५ सेप्टेम्बर २०१६ (आइतवार) का दिनकाठमाडौंस्थित रूस विज्ञान तथा संस्कृति केन्द्रको परिसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा नेपालका लागि रूसका राजदूत आन्द्रेइ बुदनिक, रूसी संस्कृति केन्द्रका निर्देशक स्तानिस्लाभ सिमाकोभ, रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभ, नेपाल–रूस मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष भगवानरत्न तुलाधर, पुश्किनको आवक्ष कांस्य प्रतिमाका निर्माता मूर्तिकार ग्रिगोरी पोतोत्स्कीको समेत समुपस्थितिमा विश्वविख्यात रूसी महाकवि अलेक्सान्द्र पुश्किनको आवक्ष प्रतिमाको अनावरण समारोह सुसम्पन्न भएको महत्वपूर्ण घटनाको उल्लेख नगरी रहन सकिंदैन । त्यसै भव्य समारोहको सुअवसरमायसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) द्वारा रूसी भाषाबाट सोभैm नेपालीमा अनुदित तथा गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष दीनानाथ राजभण्डारीको सहयोगबाट प्रकाशित रूसी महाकविका त्रासदी काव्यत्रय (‘रुसाल्का’, ‘मोजार्ट र साल्येरी’ एवं ‘जिप्सी’) का साथै २५ वटा कविताहरू समाविष्ट काव्यसङ्ग्रह ‘रुसाल्का’ को पनि लोकार्पण गरिएको थियो ।रूसी महाकविको काव्यसङ्ग्रह ‘रुसाल्का’ को सम्पादनमा सहयोग गर्ने मेरा प्रिय भाइ, नेपाल बालसाहित्य समाजका अध्यक्ष तेजप्रकाश श्रेष्ठबाट उक्त समारोहमा मेरो प्रतिनिधित्व गर्दै छोटो मन्तव्य दिइएको तथ्य पनि उल्लैख्य छ ।
नेपाली र रूसी भाषामा प्रकाशित यस प्रकारका पुस्तकहरूबाट हाम्रा दुवै देशका जनतहरूले एक देस्राको साहित्य र संस्कृतिबाट अवगत हुने सम्भावना पाउने र यसबाट आपसी मैत्री सम्बन्धको सुदृढीकरणमा गहकिलो योगदान पुग्न जाने कुरा सुनिश्चित छ ।यसै परिप्रेक्ष्यमा अन्त्यमा विष्णुबहादुर सिंहकै उपरोक्त ‘मित्रताको गाँठो’ कविताको एक अंश उद्धृत गर्दै यो आलेख टुङ्ग्याउन चाहन्छु ः
कस्सिएको छ अझ मजबुत भएर
पृथ्वीको गर्भमा रहेको चट्टानसरि
स्वच्छ, निर्मल आकाशमा
उडिरहेका बैकालका पन्छीहरू
नेपाल र रुसका जनताको मुटुसँगसँगै
एकअर्काको सुखदुःखको साथी हुँदै
र त
आज एउटा उचाइमा पुगेको छ
हाम्रो मित्रताको मजबुत गाँठो ।
उपरोक्त पुस्तकहरूको प्रकाशनमा सहयोग पु¥याउने विष्णबहादुर सिंह, ज्ञानेन्द्रराज अधिकारी, विनयकुमार श्रेष्ठ, अञ्जना श्रेष्ठ, दीनानाथ राजभण्डारी विशेष धन्यवादका पात्र हुनुहुन्छ । साथै सम्पादनमा सहयोगको हात दिने मेरा प्यारा भाइ तेजप्रकाश तथा त्रिपुरसुन्दर एवं कम्प्युटर–विन्यास, साजसज्जा प्रभृति सारा कार्यमा सघाउ पु¥याउने मेरा भाञ्जा–दम्पति समन तथा प्रमिलाप्रति सस्नेह कृतज्ञता प्रकट गर्दछु ।
नेपाल र रूसबीच दौत्य सम्बन्ध स्थापनाको हीरक जयन्तीको सन्दर्भमा नेपालमा रूसी महाकवि पुश्किनको प्रतिमा अनावरण एवं नेपाली र रूसी भाषामा चार पुस्तकको विमोचन हुनु ज्यादै महत्वपूर्ण साहित्यिक र सांस्कृतिक परिघटना हो ।

फोटो सौजन्य ः बोरिस भेर्शिनिन
मास्को, रूस महासंघ ।

प्रतिक्रिया