१२ बैशाख २०८१, बुधबार
Follow Us

हाइड्रोपावरको ड्याममा खसेर एक मजदुरको मृत्यु

sarusaru
२७ जेष्ठ २०७६, सोमबार ०४:०२

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा रहेको माण्डु हाइड्रोपावरको ड्याममा खसेर एक मजदुरको ज्यान गएको छ।

उदयपुर घर भई हाल ड्याममा काम गर्ने ४० वर्षीय मजदुर टेकबहादुर मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

शनिबारदेखि ड्याममा रहेको पानी बाहिर निकाल्ने काम आइतबार मात्रै सकिएकोले मगरको मृत्यु भएको पुष्टि भएको हो ।

भरिएको पानीमा मगर डुबेको आशंकापछि पानी बाहिर फ्याँक्न सुरु गरिएको थियो । उनी शनिबार साँझ उक्त पानीमा डुबेका थिए ।
डिसी नेपाल