११ बैशाख २०८१, मंगलवार
Follow Us

विषालु च्याउ खाँदा दुईको मृत्यु

sarusaru
२७ जेष्ठ २०७६, सोमबार ०४:२६

तानसेन : जंगलबाट टिपेको विषालु च्याउ खादा पाल्पामा एकै घरका दुई जनाको मृत्यु भएको छ। ९ जना बिरामी परेका छन्। निस्दी गाउँपालिका ३ कार्कीडाँडाकी ९ वर्षीया निर्मला सिंह ठकुरी र चार वर्षीय विष्णु सिंह ठकुरीको मृत्यु भएको हो।

निर्मलाको शनिबार राति १० बजे र विष्णुको आइतबार दिउँसो साढे ४ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

च्याउ खाएर बिरामी परेका ९ जनाको मध्यविन्दु अस्पताल नवलरपुरमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्यमा सुधार हुँदै गएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

जेठ २४ गते शुक्रबर साँझ जंगलबाट ल्यएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए।
अन्नपूर्ण पोष्ट