१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री ओलीसंग आफ्ना मुद्धा सशक्त रुपमा उठाउने गेसोको तयारी

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७६, सोमबार १३:०४

लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आफ्ना मुद्धाहरुको बारेमा छलफल गर्ने भएको छ ।
आज देखी वेलायतको भ्रमणमा आउन लागेका ओलीसंग भूपुगोरखा सैनिकहरुका मागलाई सशक्त रुपमा उठाउने तयारी गरिएको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्ण कुमार राईले बताए ।

गेसोले गोरखाहरुको समस्या समाधान कुटनीतिक पहल र शान्तिपूर्ण संघर्षबाटै गरिनुपर्ने अडान लिदै आएको छ । ‘हामी प्रधानमन्त्री ओलीलाई मंगलवार विहान भेट गछौं र गोरखाहरुको समस्या समाधानको लागि वेलायत प्रधानमन्त्रीसंग बिषेश पहलको लागि आग्रह गर्ने छौं’ राईले वताए । प्रधानमन्त्रीसंग वार्ता गर्न गेसोले ५ सदस्सीय टोलीको चयन गरेको छ ।

यसअघि गेसोले सोमबार काठमाण्डौंमा एक पत्रकार सम्मेलन गर्दै गोरखाहरुको समस्या सम्बोधनको निम्ती कुटनीतिक पहल र शान्तिपूर्ण कार्यक्रम जारी रहेको वताएको थियो ।