१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन युकेको टोलीले प्रधानमन्त्री ओलीलाई भेट्ने

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७६, सोमबार १३:५९

लण्डन । वेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसंग गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले भेट गर्ने भएको छ । गैरआवासीय नेपालीसंघ युकेका अध्यक्ष योग कुमार फगामीका अनुसार संघले गैरआवासीय नेपालीहरुको नागरिकता, नेपालमा लगानीका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न लागेको हो ।

भेटघाट मंगलवार विहान नेपाली दूतावास लण्डनमा हुने वताएको छ । अध्यक्ष योगकुमार फगामीको नेतृत्वमा जाने टोलीमा गैरआवासीय नेपाली संघका केन्द्रिय सल्लाहाकार, आइसीसी सदस्यहरु, पुर्वअध्यक्षहरु र कार्यसमितिका उपाध्यक्षहरुलाई मात्र समावेश गरिएको वताएको छ ।
प्रधानमन्त्री ओली आज साँझ लण्डन आइपुग्दैछन् ।