१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मन्त्रीको झण्डावाल गाडी खोलामा डुब्यो

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७६, सोमबार १५:५६

काठमाडौं – सर्वसाधारण जनताले आवतजावत गर्ने खोलामा पुल बनाइदिन माग गर्छन् तर सिंहदरबारमा शासन गर्ने मन्त्रीले जनताका कुरा खासै सुन्दैनन् ।

खोलामा पुल नहुँदाको दुःख सर्वसाधारणले पटक–पटक व्यहोर्छन् तर सोमबार मन्त्रीले नै पुल नबनाएको सजाय भोगेका छन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेदरौं खोलामा डुब्दै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मन्त्रीको गाडी खोलामा डुबेपछि मन्त्री गाडीबाट निस्किएर ज्यान जोगाउन सफल भएका छन् । मन्त्रीलाई सुरक्षाकर्मी र सहयोगीले बोक्दै खोला पारि पुर्‍याएको देखिएको छ ।

खोलाको पुलको शिलन्यास गरी फर्कर खोला तर्ने क्रममा मन्त्रीको गाडी डुबेको थियो । बा२झ ४०२९ नम्बरको गाडी डुबेपनि मन्त्रीलाई सकुशल बाहिर निकालिएको छ भने गाडीलाई जेसीबीको सहायताले बाहिर निकालिएको छ ।