१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीद्वारा अक्सफोर्ड विश्वविद्यालयमा सम्वोधन

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७६, सोमबार २१:४५

लण्डन । युरोप भ्रमणका क्रममा आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत आइपुगेका छन् ।
प्रधानमन्त्री ओली जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन -आइएलओ_ को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेर सोमवार साँझ लण्डन आइपुगेका हुन् । ओली हित्रो विमानस्थलमा उत्रिदा वेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले स्वागत गरेका थिए ।

यहाँ आइपुगेसँगै प्रधानमन्त्री ओलीले साँझ अक्सफोर्ड युनियनको आयोजनमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपालको प्रजातन्त्र र विकासबारे विचरा व्यक्त गरेका छन् ।
यस्तै उनले लण्डनस्थित नेपाली दूतावासका प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री थेरेसा मेसंग मंगलवार दिउँसो भेटवार्ता गर्ने कार्यक्रम छ भने राजकुमार ह्यारीसंग भेट गर्ने छन् ।