१२ बैशाख २०८१, बुधबार
Follow Us

स्थानीय तहमा लुट मच्चाउने खेल सुरु

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७६, मंगलवार ०३:००

काठमाडौं– केही सांसदहरुले आफ्नो रुचि र योजनाअनुसार स्थानीय तहलाई राजनीतिक भर्तीकेन्द्र बनाउन चलखेल गरेको प्रशासन क्षेत्रका विज्ञहरुले बताएका छन् ।

काठमाडौं । केही सांसदहरूले आफ्नो रुचि र योजनाअनुसार स्थानीय तहलाई राजनीतिक भर्तीकेन्द्र बनाउन चलखेल गरेको प्रशासन क्षेत्रका विज्ञहरूले बताएका छन् । विज्ञहरूले निजामतीमा रहेको योग्यता प्रणाली९मेरिटोक्रेसी०लाई तहसनहस पारी लुट प्रणाली ९स्पोयल सिस्टम०लाई बढावा दिने गम्भीर षड्यन्त्र गरेको आरोपसमेत लगाएका छन् ।
संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले सोमबार लोकसेवाको विज्ञापन रद्द गरी स्थानीय तहमा करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिएलगत्तै विज्ञहरूले संसदीय समितिको निर्णयप्रति रोष प्रकट गरेका छन् । उनीहरूले सो निर्णय दुर्भाग्यपूर्ण भएको भन्दै त्यसले सरकारी सेवामा लुट प्रणाली भित्रन सक्ने भन्दै चिन्ता व्यक्त गरे । लुट प्रणाली भनेको शासकहरूले आफुखुसी कर्मचारी भर्ना गर्ने पद्धति हो ।राजधानी दैनिकमा खबर छापिएको छ।