८ बैशाख २०८१, शनिबार
Follow Us

धौलागिरीका गाउँमा ३ जि सेवा

sarusaru
२८ जेष्ठ २०७६, मंगलवार १३:०४

बागलुङ– नेपालमै पहिलो पटक तामाको तार बिस्थापित गरेर फाइवर मात्रैको सेवा दिने गरी बागलुङ बजारमा काम थालिएको छ । नेपाल टेलिकमले बागलुङले धौलागिरीका ४ वटै जिल्लामा ३ जी र सदरमुकामहरुमा ४ जीको बिस्तार गर्न लागेकै बेला बागलुङ बजारमा भने फाइवरमार्फत सेवा दिन लागेको हो । धौलागिरी संचार क्लबमा आयोजित साक्षातकार कार्यक्रममा शाखा प्रमुख केशब शर्माले उक्त जानकारी गराएका हुन् । सोमबार आयोजित साक्षातकारमा उनले देशभरका अन्य प्रयोग भन्दा यो फरक प्रकृतिको सेवा भएको बताए । टेलिकमले चालु बर्ष १ सय ३ वटा टावरमार्फत ३ जी सेवा बिस्तार गररहेको छ । असार मसान्तभित्र ती टावरमा सेवा संचालन हुने शर्माले बताए ।

शर्माका अनुसार बागलुङका ५३ स्थानमा २ जी र ५० स्थानमा ३ जी अहिले संचालनमा छ । त्यस्तै पर्वत र म्याग्दीको २५ स्थानमा २ जी र २१ स्थानमा ३ जी संचालनमा छ । मुस्ताङको १७ स्थानमा २ जी र १४ स्थानमा ३ जी संचालन भैरहेको छ । उक्त सेवाले नपुगेर धेरै स्थानबाट क्षमता बढाउन माग आएपछि टेलिकमले स्थायी टावर बनाउने र यस अघिका टावरमा क्षमता बिकास गरिरहेको शर्माले जानकारी दिए । बागलुङ बजारमा तामाको तार समेत बिस्थापित भैसकेको छ । असारमा संचार मन्त्री आएर फाइवर सेवाको उद्घाटन समेत गर्ने कार्यक्रम राखिएको छ । पुरानो सेवाको तार हटाएपछि बागलुङ बजार सुन्दर देखिने समेत उनले जानकारी गराए । ‘पुराना तारहरु जेलिएर बजारमा देखिएको कुरुपता अब हटाएर नयाँ सेवा दिनेछौ’ उनले भने, ‘अब टेलिकम सेवामा धौलागिरीले ठूलो फट्को मार्नेछ ।’ फाइवर मार्फत सेवा प्रवाह गर्दा पनि हालका टेलिफोन नम्बर परिवर्तन नहुने व्यवस्था मिलाइएको छ ।

उनले बैसाखमै सकिने काम पुराना टेलिफोनको सेवा र नम्बर यथाबत राख्ने प्रविधिले ढीलाई भएको समेत बताए । आफ्नो कार्यकालमा सेवालाई सहज र अब्बल बनाउन प्रयास गरिरहेको उनले बताए । उपल्लो मुस्ताङमा समेत उपकरण लगेर अत्याधुनिक टावर र चुस्त सेवा बिस्तार गरिएको उनको भनाई छ । साथै ती स्थानमा नियमित सेवा संचालनका लागि बिद्युत, सोलार र जेनेरेटर सेवा पनि संचालन गरिने बताइएको छ । मुस्ताङमा बढी पर्यटक जाने भएकोले ४ जी सेवाको माग बढीरहेको छ । आगामी दशै सम्ममा जोमसोम सहितका चारवटै सदरमुकाम र लोमान्थाङमा पनि ४ जी सेवा बिस्तार गरिसकिने उनले बताए ।

क्षमता र सेवा बिस्तार गर्दा इन्टरनेट प्रयोगकर्ताले प्रयोग गर्नेको संख्या र डाटा पनि बढ्नेछ । पछिल्लो समय इन्टरनेट प्रयोग कर्ताहरु १ सय गुणा सम्म बढेका छन् । उनीहरुले डाटाको उपयोग बढाएको देखिएको हो । सेवा बिस्तार गर्दा डाटाको तथ्यांक बढीरहेको हो । संचारक्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, सचिव प्रदिप पन्तको संचालन र सदस्य सिर्जना पन्तको स्वागतमा सम्पन्न कार्यक्रममा पत्रकारले जिज्ञाशा पनि राखेका थिए ।
जनमञ्च