६ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्री विष्ट: साउदी अरेबिया र लेबनानी समकक्षी भेटवार्ता

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७६, मंगलवार १७:२८

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग विभिन्न मुलुकका समकक्षीले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

मन्त्री विष्टसँग आईएलओको कार्यक्रममा सहभागी हुन जेनेभा पुगेका साउदी अरेबिया र लेबनानका समकक्षीले भेटवार्ता गर्नुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्री विष्ट र लेवनानका श्रममन्त्री मोहम्मद क्यामिल अवुसेलेमनबीच भएको भेटमा श्रम आप्रवासनका विविध आयामबारे छलफल भएको थियो । त्यस्तै उहाँसँग आजै साउदी अरबका श्रम तथा सामाजिक विकासमन्त्री अहमद विन सलमान अलराझीले पनि भेटवार्ता गर्नुभयो ।

भेटमा उहाँहरुबीच श्रम सम्बन्धलगायत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिनुभयो ।