१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओली र थेरेसा मेबीचको भेट (फोटोमा हेर्नुहोस्)

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७६, मंगलवार १७:५८

चिरन शर्मा।

लन्डन- प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती समकक्षी थेरेसा मेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा करिब आधा घण्टा भेटवार्ता भएको थियो। भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पराराष्ट्र सचिव शंकर बैरागी र बेलायतका लागि नेपाली राजदूत दुर्गाबादुर क्षत्री पनि सहभागी थिए।

प्रधानमन्त्री ओली जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेर सोमबार साँझ लण्डन आइपुगेका थिए। यहाँ आइपुगेसँगै प्रधानमन्त्री ओलीले साँझ अक्सफोर्ड युनियनको आयोजनमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपालको प्रजातन्त्र र विकासबारे विचार व्यक्त गरेका थिए।