८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन म्याड्रिडको अध्यक्षतामा गोले

नेपालब्रिटेन डट कम्
२९ जेष्ठ २०७६, बुधबार १४:०९

म्याड्रिड – गैरआवासीय नेपाली संघ क्षेत्रिय समिति म्याड्रिडको पाँचौ अधिबेशनबाट अध्यक्षमा सुजिल गोले निर्वाचित भएका छन्। आईतबार भएको निर्वाचन प्रक्रियाबाट १ सय ८६ मत ल्याई उनी विजयी भएका हुन्। गोलेले ६४ मत अन्तरले प्रतिद्धन्द्धी सुदिप अर्याललाई पराजित गरेका थिए।

अध्यक्ष पदका प्रतिद्धन्द्धी सुदिप अर्यालले १ सय २२ मत प्राप्त गरेका थिए। यसैगरी सचिव पदमा सागर श्रेष्ठले १ सय ७७ मत ल्याई सुन्दरी लामालाई पराजित गरेका छन्।

निर्वाचन प्रकृयामा ३ सय २२ जनाले मतदान गरेका थिए भने ३० मत बदर भएको समितिले जनाएको छ। निर्वाचन प्रकृयामा सचिव पदमा ६ मत खाली थियो भने अध्यक्षमा ३ मत खाली र दुबै अध्यक्षमा खाली एक मत समेत परेको प्रसाईले बताए।