१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भिडियोमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको लण्डनमा भव्य स्वागत

नेपालब्रिटेन डट कम्
२९ जेष्ठ २०७६, बुधबार २२:३०

लन्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने बेलायत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् ।

भ्रमणको अन्तिम दिन आफ्नो सम्मानमा दूतावासमा आयोजित रिसेप्सनमा ओलीले भने, ‘समकक्षी टेरेजा मेसहित ब्रिगेड अफ गोर्खाज मुख्यालय, विभिन्न सांसद र अन्य वरिष्ठ राजनीतिज्ञहरुसंगको भेटले सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध भएको मुलुकसंगको सम्बन्ध थप प्रगाढ बनेको छ ।’

१७ वर्षपछि नेपालका प्रधानमन्त्री बेलायत आएपनि बेलायती प्रधानमन्त्रीले राजिनामा दिएकाले कुनै सम्झौता भएन ।

उपनियोग प्रमुख शरदराज आरनले सन्चालन गरेको उक्त कार्यक्रममा ब्रिटिश राज्यमन्त्री मार्क फिल्डले ब्रिटिशहरूमा नेपाल र नेपालीप्रति गहिरो स्नेह रहेको बताउँदै ब्रिटेनले नेपाललाई दिँदै आएको सहयोगको चर्चा गरेका थिए।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले स्वागत मन्तब्य दिंदै बेलायत नेपाल सम्बन्धबारे बोले ।
FACEBOOK