१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बिद्यालय बचाउ अभियानको नाममा रकम ठगी गर्ने पक्राउ

sarusaru
३० जेष्ठ २०७६, बिहीबार ०२:१४

बारा । बिद्यालय बचाउ अभियानको नाममा विभिन्न सरकारी तथा गैह्रसरकारी स्कुलहरुमा कार्यरत शिक्षिकाहरुसँग गैरकानुनी रुपमा रकम उठाउँदै हिड्ने सर्लाही हरिपुर नगरपालिका-२ घर भएका ३२ बर्षीय बीरेन्द्र कुमारलाई प्रहरीले पक्राउ गरेको छ।

बिगत केही समयदेखि बीरेन्द्रले बारा कोल्हवी एरिया अन्तर्गतमा रहेका विभिन्न सरकारी तथा गैह्रसरकारी स्कुलहरुमा कार्यरत शिक्षिकाहरुसंग ‘सेभ द स्कुल’ को नाममा शैक्षिक सामाग्रीहरु किनबेच गर्ने, तालिम संचालन गर्ने र वृजकोर्स गराउने जस्ता योजना सुनाई रकम उठाउदै ठगि गरेको भन्ने सूचना प्राप्त भए पश्चात ईलाका प्रहरी कार्यालय कोल्हवी, बाराबाट खटिएको प्रहरीले बीरेन्द्रलाई बाराकै कोल्हबी नगरपालिका-३ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, जुअवाकटृी अगाडिबाट सोमबार पक्राउ गरेको हो।

निज बीरेन्द्रको साथबाट रकम उठाउनको लागि प्रयोग गरिने ‘सेभ द स्कुल’ लेखिएको रसिदको ठेली १ थान र बिद्यालय बचाउ अभियानू लेखिएको ठेली २ थान समेत प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका कुमारलाई ठगी मुद्दा शीर्षकमा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनएको छ ।
डिसी नेपाल