१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालीद्वारा सेन्ट्रल पेन्सिलभेनियामा रक्तदान कार्यक्रम गरिँदै

sarusaru
३० जेष्ठ २०७६, बिहीबार ०२:१८

वाशिंगटन् । नेपाली भाषी एसोसियसन अफ सेन्ट्रल पेन्सिलभेनियाले यही जून १६ सेन्ट्रल पेन्सिलभेनियामा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
जून १६ आइतवारका दिन दिउँसो १ बजेदेखि ५ बजेसम्म परिवार एडल्ट डे केयर (4200 Crums Mill Road, Harrisburg) मा रक्तदान कार्यक्रम संगीतको साथमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । हेरिस्वर्ग वरिपरि छरिएर बसेका इच्छुक रक्तदाताहरुलाई यस कार्यक्रममा सहभागी हुन समेत आोजकले अनुरोध गरेको छ रक्तान गर्दा अर्काको जीवन जोगाउन सकिने विश्वास आयोजकको छ ।

रक्तदान, जीवनदान नारा सहित यो विशेष कार्यक्रम नेपाली भाषी एसोसियसन अफ सेन्ट्रल पेन्सिलभेनियाले सेन्ट्रल पेन्सिलभेनिया ब्लड बैंकसँग सहकार्य गरी आयोजना गर्न लागेको हो । यो कार्यक्रममा भाग लिन १७ वर्ष उमेर पुगेको र आफ्नो परिचयपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने छ ।

कार्यक्रमका बारेमा बिस्तृत जानकारीका लागि खगेन घिमिरे (७१७ ५१६ ११४६), बसुधा रिजाल (९७८ ३२७ ९१८०), देविका बराल भण्डारी(७१७ ३१५ ०७९४), उद्यव सिटौंला (५७१ ५२४ ३४३०)संग सम्पर्क राख्न सकिने छ ।
डिसी नेपाल