७ बैशाख २०८१, शुक्रबार
Follow Us

विदेश पढ्न जान अब १२ पास गर्नुपर्ने

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७६, बिहीबार ०३:१३

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेशमा पढ्न जान अनुमति दिने भएको छ ।
एसईई गरेलगत्तै विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका जाने क्रम बढेपछि मन्त्रालयले यस्तो व्यवस्था गर्न लागेको हो ।
‘उच्च् शिक्षा पढ्न जाने विद्यार्थीलाई मात्र नो अब्जेक्सन लेटर दिने निर्णय गरिएको’ मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका उपसचिव महेश्वर शर्माले जानकारी दिए । १२ पास नगरी विद्यालयतहको डिप्लोमा पढ्न जाने विद्यार्थीलाई अनुमति नदिइने उनले बताए । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।