१५ चैत्र २०८०, बिहीबार
Follow Us

सरकार धर्मसंस्कृतिमाथि प्रहार गर्न उद्दत छः पौडेल

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७६, बिहीबार ०७:२८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारलाई गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा नेता पौडेलले संस्कृतिमाथि प्रहार गर्न उद्दत कम्युनिस्ट सरकारका विरुद्ध संगठित भएर लड्न अपिल पनि गरे ।

‘‘गुठीसम्बन्धी विधेयक सरकारले तत्काल फिर्ता लिनुपर्दछ । कम्युनिस्ट सरकारले संस्कृतिमाथि प्रहार गर्ने कुचेण्टा गर्दैछ, यसका विरूद्ध संगठित भएर लड्न अपिल गर्दछु,’’ उनले भने ।

संविधानले धर्म, संस्कृति, परम्परा र मौलिक स्वतन्त्रताको प्रत्याभूत गरेको भन्दै पौडेलले गुठीको परम्परा विभिन्न समुदायको मौलिकतामा आधारित रहेको बताए । सरकारले ऐतिहासिक परम्परालाई छिन्नभिन्न पार्दै गुठी संस्थानको सम्पत्तिमा आँखा गाढेको उनको भनाइ थियो । नेता पौडेलले लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मर्मविपरीत शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेर आफ्नो असहिष्णु चरित्र उदाङ्गो पारेको बताए ।