१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजपाद्धारा सडक संघर्षमा उत्रने चेतावानी

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७६, बिहीबार ०८:१२

राजपाका सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन र संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध नभए संसद छोडेर सडक संघर्षमा उत्रने चेतावनी दिनुभएको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उहाँले संविधान संसोधन र संविधानको कार्यान्वयनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । संविधान संसोधनको माग गर्नेहरु अहिले सरकारमा पनि र प्रतिपक्षमा पनि रहेको भन्दै उहाँले विगतको प्रतिवद्धतालाई नभुल्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो “हामीलाई ससदबाट नधकेल्नुस् । हामी संसद बाहिर जादाको समयको याद होला तपाईलाई ? यही ठाउबाट हामी गएका हौ बाटोमा । फेरि हामी बाटोमा गयौ भने यो देशको स्वास्थ्य राम्रो रहन नसक्ला भन्ने म चिन्ता जाहेर गर्न चाहन्छु । सरकारलाई अबिलम्ब यसबारेमा चिन्तन गर्न र अन्य पार्टी पनि सरकारमा खुसी भएर नबस्नुहोस् यो विषयमा तपाईहरु पनि अगाडि बस्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु । ”