११ बैशाख २०८१, मंगलवार
Follow Us

सार्वजनिक सवारी साधनको भाडा वृद्धि ट्याक्सीको पनि बढ्यो

sarusaru
३० जेष्ठ २०७६, बिहीबार १२:४७

काठमाडौं । सार्वजनिक सवारीका साधनहरुको भाडा बढेको छ । असार १ गतेदेखि लागू हुने गरी सबै खाले सार्वजनिक सवारी साधनको भाडा १२ प्रतिशतले वृद्धि भएको हो ।

यातायात व्यवस्था विभागले सवारी साधनका मेकानिकल पार्ट्स्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्य वृद्धिलगायतका आधारका नयाँ भाडा दर कायम गरिएको बताएको छ । यातायात व्यवसायीहरुले लामो समयदेखि भाडादर वृद्धि गर्न माग गर्दै आएका थिए ।

बिहिबार यायायात व्यवसायी, उपभोक्ता कर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।

यसअघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो । योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ । यसअघि १४ रुपैयाँ थियो ।

सरकारले सार्वजनिक यातायातको भाडादर सँगै ट्याक्सीको भाडा पनि बढाएको छ । ट्याक्सीको नयाँ भाडादर पनि असार १ गतेदेखि ने लागू हुनेछ । अब ट्याक्सीमा पहिलो एक किलोमिटरको रु. ५० भाडा तिर्नुपर्नेछ । फ्ल्याक डाउन प्रणालीमा ट्याक्सीमा भाडा तिर्नुपर्ने भएको छ ।

जसमा ट्याक्सी चढ्नासाथ पहिलो १ किलोमिटरमा ५० रुपैयाँ र त्यसपछि प्रत्येक २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा भाडा भढ्दै जानेछ । यसअघि ट्याक्सी चढन साथ १४ रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप गर्ने प्रणाली थियो ।
डिसी नेपाल