४ बैशाख २०८१, मंगलवार
Follow Us

अभियुक्त हत्यारा पक्राउ

sarusaru
३० जेष्ठ २०७६, बिहीबार १३:००

सिरहाबाट अपहरण गरी गोली हानेर हत्या गरेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाकेाऔराही गाउँपालिका २ का गंगाराम मण्डल छन् ।

मण्डल गत ०७५ मंसिर ८ गते सिरहाको धनगढीमाई नगरपालिका ६ का सुभाष कुमार यादवको अपहरण भएको थियो । उनको अपहरण पश्चात भारतको मधुवनी लगेर गोली हानी यादबलाई गम्भिर घाईते बनाएका थिए । घाईते यादबको उपचारको क्रममा ०७५ मंसिर ९ गते ज्यान गएको थियो ।

उक्त घटनामा मण्डलको संलग्नता देखेपछि प्रहरीले मण्डललाई सिरहा नगरपालिका ७ बाट पक्राउ गरेको छ । पक्राउपरेका मण्डलको कारबाही प्रक्रिया प्रहरीले अगाडी बढाएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
मण्डलले
यादबलाई गेालिहानि गम्भिर घाईते बनाएर फरार भएको थिए ।