१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजु मास्टरको ह्वाट युटुबको ट्रेन्डिङमा नयाँ सिरियल छिटै आउने (भिडियोसहित)

sarusaru
३० जेष्ठ २०७६, बिहीबार १३:५२

काठमाण्डौ – हाँस्य कलाकार तथा निर्देशक राजु मास्टरले मेरी बास्सै छोडेपछि सामाजिक सञ्जालमा निकै चर्चा चुलियो । यता मेरी बास्सै छोडेसँगसँगै उता आफ्नै युटुब च्यानल मास्टर टिभिबाट प्रसारण हुने ह्वाट नामक सिरियल भने ट्रेन्डिङमा परेको छ ।
ह्वाट सिरियल अहिले २८ औँ भागसम्म पुगिसकेको छ भने उनी अर्को नयाँ सिरियलको तयारीमा पनि छन् । नयाँ टेलिसिरियल भने नेपाल टेलिभिजनबाट छिटै नै प्रशारण हुने कुरा राजु मास्टरले बताए ।

ह्वाट युटुब ट्रन्डिङमा परेपछि कतिले मेरीबास्सै छोडेर राजु मास्टरलाई फाप भएको भनेर पनि टिप्पणी गरेका छन् । मेरी बास्सैका निर्देशक द्वय राजु र बल्छी तथा कलाकार दिपक शर्माको नेतृत्वमा नयाँ सिरियल आउन लागेको र उक्त सिरियलमा मेरी बास्सैका अन्य कलाकारहरुको पनि भूमिका रहने बताएका छन् । नयाँ सिरियलको नामको खोजी गर्दै बल्छी ध्रुवेले फेसबुकमा स्टाटस समेत राखेका छन् ।
नयाँ सिरियल आएपनि ह्वाट भने मास्टर टिभिबाट नै प्रसारण भइरहने जानकारी मास्टरले दिए ।