१३ बैशाख २०८१, बिहीबार
Follow Us

भरतपुरमा मतपत्र च्यात्ने परे फन्दामा

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७६, शुक्रबार ०२:२५

चितवन– तत्कालीन माओवादी केन्द्रका कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधु न्यौपाने स्थानीय तह निर्वाचनका बेला भरतपुर महानगरपालिकामा मतपत्र च्यातेको घटनामा कसुरदाता ठहरिएका छन् ।
चितवन जिल्ला अदालतले बिहीबार उनीहरुविरुद्ध दोषी ठहर भएको फैसला सुनाएको हो ।
उनीहरुको सजाय भने निर्धारण भएको छैन । मुद्दामा सरकार पक्षले एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय मागेको छ । सजाय निर्धारणका लागि भने असार ५ गतेलाई पेसी तोकिएको छ । मतगणना अन्तिम हुँदै गर्दा २०७४ जेठ १५ गते मध्यरातमा मतपत्र च्यातिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।