४ बैशाख २०८१, मंगलवार
Follow Us

एप्सबाटै आफ्नो सवारी पार्किङको सुविधा

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७६, शुक्रबार ०३:३३

काठमाडौं–राजधानीको अति व्यस्त बजार न्यूरोड र दरबारमार्ग क्षेत्रमा आईतबारबाट ‘स्मार्ट पार्किङ’ शुरु हुने भएको छ । अहिले यसको परिक्षण भइरहेको छ ।

स्मार्ट पार्किङ शुरु भएपछि सँधै पार्किङको समस्या हुने ती किनमेल वा घुमफिरका लागि जाँदै हुनुहुन्छ भने अब त्यो अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ । यो क्षेत्रमा जाने सवारीवाहक जो कोहीले अब पार्क केटिएम नामको एप्सबाटै आफ्नो सवारी पार्किङको सुविधा लिन सक्नेछन् ।

“एप्समार्फत् पाइने मोबाइल नम्बरमा फोन गरेपछि ठाउँ तय हुन्छ,” ह्विल्स ट्रुली योर्स संस्थाका निर्देशक शैलेश कुँवरले भने, “तर १५ मिनेटमा पुगेन भने त्यो बुकिङ रद्द हुनेछ ।” छिट्टै नै अनलाइन बुकिङ र पेमेन्टको सुविधा सहित स्र्माट पार्किङ सुरु हुने उनले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले ह्विल्स ट्रुली योर्स र एड गुरु नामक निजी संस्थासँग मिलेर राजधानीका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो ।

सार्वजनिक निजी साझेदारी मोडलमा स्मार्ट पार्किङ सुरु भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । न्यूरोडको प्युखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्गमा स्मार्ट पार्किङ सुरु भएको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए ।

“अहिले परीक्षणकालमा चलिरहेको छ,” उनले भने, “यसले राम्रो परिणाम दियो भने अन्यत्र पनि सञ्चालन गर्नेछौँ ।” जथाभावी सडकमा सवारी पार्किङ गर्ने समस्याको अन्त्य गर्दै व्यवस्थित र सर्वसुलभ पार्किङ सेवा दिन स्मार्ट पार्किङको अवधारणा ल्याएको उउनले उल्लेख गरे ।
जथाभावी सवारी पार्किङ गरेकालाई महानगरले उठाएर लैजाने समस्याको अन्त्य स्मार्ट पार्किङले गर्ने उनले बताए । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।