१५ चैत्र २०८०, बिहीबार
Follow Us

जंगली च्याउ खाँदा ६ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७६, शुक्रबार १६:४५

पाल्पामा जंगली च्याउ खाँदा छ जनाको मृत्यु भएको छ । एक हप्ता अघि च्याँउ खाएर विरामी परेका मध्येको मृत्यु हुनेको संख्या ६ पूगेको हो । उनिहरुले जेठ २४ गते जगली च्याउ खाएका थिए ।

उपचारका क्रममा ३ जनाको गएराति काठमाडौंमा निधन भएपछि अहिलेसम्म निधन हुनेको संख्या ६ पुगेको हो। पाल्पाका ११ जनामध्ये अहिलेसम्म ६ जनाको मृत्यु भएको जिल्लामा प्रहरी कार्यलयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जारी आज जारी प्रेश बिज्ञप्तीमा पाल्पाको निस्दी गाउँपालिका ३ झिरुवासको सार्की डाँडा निवासी ४८ बर्षीय पूर्ण सिंह खाम्चा मगर, १२ बर्षीया निसा सिंह ठकुरी, ६ बर्षीय सुमन सिंह ठकुरीको निधन भएको हो। निसा र सुमन कान्छा बुवा र ठूलाबुवाका छोरा छोरी हुन् ।

दुई दिन अघि १४ बर्षीया निरुता सिंह ठकुरीको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने ८ वर्षीया निर्मला सिंह ठकुरी र ४ वर्षीया विष्णु कुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा ५ दिन अघि निधन भएको थियो।

जंगली च्याउ खाएर ११ जना विरामी परेकोमा ९ जनाको कावासोती स्थित मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भई थप उपचारका लागि काठमाडौं लगिएको थियो। विरामीमध्ये एकजना निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको काठमाडौंमा उपचार भईरहेको छ। तीमध्ये २ जनाको अवस्था सुधारोन्मुख रहेको जनाएको छ।

मृतक ६ जना मध्ये निसा, निरुता, निर्मला र विष्णु एउटै परिवारका दिदी बहिनी हुन्।