८ बैशाख २०८१, शनिबार
Follow Us

बम विस्फोटमा परी घाइते श्रेष्ठको मृत्यु

नेपालब्रिटेन डट कम्
३२ जेष्ठ २०७६, शनिबार १०:२५

गत जेठ १२ गतेको बम विस्फोटमा परी घाइते भएका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रामकुमार श्रेष्ठको मृत्यु भएको छ।

सुकेधारामा भएको बम विस्फोटमा परी रामेछाप मन्थली ४ का श्रेष्ठ गम्भीर घाइते भएका थिए। चाबहिलस्थित ओम अस्पतालमा तीन सातादेखि श्रेष्ठको उपचार भइरहेको थियो। राजधानीका दुई घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। महाराजगन्ज प्रहरी वृत्तका डिएसपी फणीन्द्र प्रसाईले श्रेष्ठको मृत्यु भएकाे जानकारी दिए ।