१५ बैशाख २०८१, शनिबार
Follow Us

माओवादी विद्रोहीद्धारा प्रहरी सवार गाडिमा आक्रमण

नेपालब्रिटेन डट कम्
३२ जेष्ठ २०७६, शनिबार १०:३८

भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ शसस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडिमा आक्रमण गरेका छन् ।
आक्रमणबाट पाँच प्रहरीको मृत्यु भएको छ । मर्नेमा दुई असई र तीन कन्स्टेबल छन् ।
प्रहरीका अनुसार घटना पश्चिम बंगालसँग जोडिएको तिरुलडी थाना क्षेत्रमा भएको हो ।
आक्रमणमा परेका प्रहरी सवार गाडि झारखण्डका कुकडूमा लाग्ने साप्ताहिक हाट बजारबाट फर्किरहेको थियो ।
सवारी बाटोमा पहिलेदेखि ढुकेर बसेका माओवादी छापामारको आक्रमणमा परेको थियो ।
झारखण्ड प्रहरी प्रवक्ता र एडीजीएमएल मीणाले घटनाको पुष्टि गरेका छन् ।
आक्रमणमा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भयो । आक्रमण पछिल्लो एक महिनामा माओवादीहरुको चौथो आक्रमण हो ।
यस अघि मे २८ मासरायकेला खरसांवा जिल्लाको कुचाईमा माओवादी विद्राहीले बारुदी धराप विस्फोट गराएका थिए । त्यस घटनामा झारखण्ड प्रहरी र सीआरपीएफका २६ जवान घाइते भएका थिए ।