१३ बैशाख २०८१, बिहीबार
Follow Us

न्यूरोडको ऐतिहासिक कृष्ण मन्दिर व्यापारिको कब्जामा

नेपालब्रिटेन डट कम्
३२ जेष्ठ २०७६, शनिबार १०:४२


यसरी कब्जा गर्यो ताम्राकार कम्प्लेक्सले

देशभर सरकारी, सार्वजनिक तथा गुठीका जग्गा व्यक्तिले हडपेको खबर एकपछि अर्को गरी खुलासा भइरहँदा देशकै प्रमुख व्यापारिक केन्द्र न्यूरोडस्थित ताम्राकार कम्प्लेक्स ९मोवाइल हव० ले पनि ऐतिहासिक महत्व बोकेको श्रीकृष्ण मन्दिर स्थल हडपेर आफ्नो क्षेत्राधिकारभित्र पारेको रहश्य खुलेको छ ।
ताम्राकार कम्प्लेक्स प्रवेश गर्दैगर्दा दाहिनेतर्फ देखिने यो मन्दिर पाठकलाई लाग्दो हो, कम्प्लेक्सले नै धार्मीक सोचका साथ निर्माण गरेको हो । तर, वास्तविकता त्यसो होइन ।
स्थानीय केही प्रभावशाली व्यक्ति तथा पाको युथ क्लवका केही पदाधिकारीको मिलोमतोमा ताम्राकार कम्प्लेक्सले उक्त कृष्ण मन्दिरलाई आफ्नो विशाल भवनभित्र समेट्न सफल भएको हो ।
जुगौं देखि पुज्दै आएको आफ्नो आस्थाको मन्दिर व्यापारिक महलको कब्जामा पारिएकोमा स्थानीयवासी असन्तुष्ट छन् । एक स्थानीयले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा भने ‘ताम्राकार कप्लेक्सको नक्सा कसरी पास भयो रु ऐतिहासिक मठ मन्दिरलाई कसको स्वीकृतीमा महलभित्र पार्ने प्रपञ्च रचियो रु’
उनका अनुसार भवनभित्र मन्दिरलाई पार्नु एकातिर धार्मीक दृष्टिले ठिक होइन, अर्को नक्सा पास नै नहुनु पर्ने । यसमा कसकसको मिलोमतो छ उनीहरुमाथि कारवाही हुनु पर्ने र अनियमित ढंगबाट निर्माण भएको उक्त कम्प्लेक्स नै भत्क्याउनु पर्ने स्थानीयवासीको माग छ । यद्यपि, निरीह स्थानीयले प्रभावशाली व्यवसायीका अगाडी मुख खोलेर बोल्न सकेको भने अवस्था छैन ।
स्मरणीय छ, उक्त मन्दिर विगतमा पाको युथ क्लवद्धारा संरक्षित थियो, तर मन्दिर रहेको उक्त क्षेत्र ताम्राकार कम्प्लेक्सभित्र पारिएपछि भने त्यसको संरक्षण तथा सम्वद्र्धन व्यवसायिक ढंगबाट अगाडी बढेको छ । समाचार स्रोतका अनुसार युथ क्लवका केही प्रभावशाली सदस्य तथा पदाधिकारीको पहलमो उक्त ऐतिहासिक मन्दिर व्यापारिको कब्जामा पुगेको हो ।